२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चितवनमा एक वर्षमा ३३३ उद्योग दर्ता


सञ्चार डबली
  • शनिबार, साउन १६ २०८३
  • 8.2K
    SHARES

  • images
    चितवनमा एक वर्षमा ३३३ उद्योग दर्ता

    चितवन। जिल्लामा गत आर्थिक वर्षमा ३३३ वटा उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा ती उद्योग तथा वाणिज्यका व्यवसाय दर्ता भएका हुन्। त्यस्तै वाणिज्यतर्फ ३७९ वटा नयाँ फर्म दर्ता भएका छन्।

    कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार उद्योग तथा वाणिज्यतर्फ ९३ करोड १५ लाख ८९ हजार ९७९ पुँजी रहेको छ। उनले जिल्लामा नयाँ लगानी गर्नेमा उद्योगतर्फ महिला १६७, पुरुष १७० र एउटा फर्म रहेको जानकारी दिए। उनका अनुसार ती उद्योगमा ६९० महिला र ९५२ जना पुरुषले रोजगार पाएका छन्।

    हाल जिल्लामा १६ हजार ५१८ घरेलु तथा साना उद्योग सञ्चालनमा छन्। उनका अनुसार १७ हजार ७३४ वटा वाणिज्यसँग सम्बन्धित व्यवसाय सञ्चालमा रहेका छन्। गत आर्थिक वर्षमा जिल्लामा दर्ता भएका ३०३ वटा उद्योग तथा ४४५ वटा वाणिज्यसँग सम्बन्धित कार्यालय बन्द भएका छन्। व्यवसाय नचलेर, वृद्धावस्थामा पुगेर, वैदेशिक रोजगारीमा जानुपर्ने जस्ता कारणले उद्योग तथा वाणिज्यमा लगानी कर्ताहरूले बन्द गराएको उनले बताए।

    घरेलु तथा साना उद्योगहरू दर्ता गर्नेहरूमा महिला १४५ र दलित तीन जनाले दर्ता शुल्कमा छुट प्राप्त गरेको कुमालले जानकारी दिए। यस्तै, वाणिज्यतर्फ महिला २००, दलित १५ र अपाङ्ग एक जनाले दर्ता शुल्क छुट पाएका छन्। उनीहरूले रु ३३ लाख १६ हजार छुट पाएको उनले बताए।  महिला, दलित, अपाङ्गलाई फर्म दर्तामा शुल्क लाग्दैन।

    कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ९६८ वटा उद्योगतर्फ र वाणिज्यतर्फ तीन हजार ६७५ वटा नवीकरण भएका छन्। समयमा नवीकरण नगर्ने उद्योग तथा वाणिज्यतर्फका कार्यालयहरूलाई जरिवाना गरिने उनले बताए। अनुगमनका क्रममा त्यस्तो भेटिएमा उनीहरूलाई कारबाही गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend