२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन खुला


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 2.1K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन खुला

    लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै आजदेखि बिक्री आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गरेको हो ।

    १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ ।

    सार्वजनिक निष्कासनतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । इच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

    बैंकका अनुसार ऋणपत्र निष्कासन छिटोमा साउन १९ गते बैंकिङ समयपछि बन्द हुनेछ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि बढाएर साउन २८ गतेसम्म कायम रहनेछ । उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेड ले निर्वाह गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend