२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्छ : परराष्ट्रमन्त्री साउद


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 7.9K
    SHARES

  • images
    सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्छ : परराष्ट्रमन्त्री साउद

     

    काठमाडौं, २१ साउन ।सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने परराष्ट्रमन्त्री एनपी साउदले बतााएका छन् । आज कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् ।

    फरक फरक परराष्ट्र नीतिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता बलियो बनाउन नसक्ने भन्दै उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए ।

    परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अघि बढाइएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend