२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल एसबीआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


सञ्चार डबली
  • सोमबार, साउन ११ २०८३
  • 1.1K
    SHARES

  • images
    नेपाल एसबीआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड भारतीय उद्योग परिसंघ (इन्डियन चेम्बर अफ कमर्स–आईसीसी)द्वारा प्रदान गरिने चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

    बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट परफर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट परफर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ ।

    यी अवार्ड भारतको नयाँदिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड्स–२०२६ समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतीवडाले ग्रहण गरेका थिए ।

    बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङ, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना, घरेलु तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धनमा बैंकले गरेको योगदानको अन्तर्राष्ट्रिय स्तरमा मूल्याङ्कन भएको पुष्टि गरेको छ ।

    अवार्ड प्राप्तिपछि बैंकले आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाउँदै मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।

    नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend