२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने


सञ्चार डबली
  • सोमबार, साउन ११ २०८३
  • 1.5K
    SHARES

  • images
    नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

    नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ ।

    सम्झौताअनुसार नबिल बैंकका ग्राहकले उक्त क्लिनिकबाट दन्त उपचारसम्बन्धी विभिन्न सेवामा विशेष छुट तथा निःशुल्क सुविधा प्राप्त गर्नेछन् । बैंकका ग्राहकले निःशुल्क दर्ता, प्रारम्भिक परीक्षण (डायग्नोस्टिक सेवा), उपचार योजना, फलोअप परीक्षण तथा एक्स–रे सेवा पाउनेछन् ।

    त्यस्तै, निवारक दन्त उपचारअन्तर्गत स्केलिङ, पिट एन्ड फिसर सिलेन्ट, क्लास १–५ फिलिङ तथा एक्वाकेयर पोलिसिङ सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइने बैंकले जनाएको छ । विशेषज्ञ दन्त उपचार सेवाअन्तर्गत रुट क्यानल ट्रिटमेन्ट (आरसीटी), क्राउन, ब्रेसेस, एलाइनर, इम्प्लान्ट तथा पेरियोडोन्टल उपचारमा भने १० प्रतिशत छुट प्रदान गरिनेछ ।

    यो सुविधा नबिल कार्ड, नबिल बैंकको मोबाइल बैंकिङ तथा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने ग्राहकले प्राप्त गर्नेछन् । बैंकका अनुसार उक्त विशेष अफर २० जुन २०२७ सम्म लागू हुनेछ ।

    नबिल बैंकले ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न क्षेत्रका सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend