२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ग्लोबल आईएमई बैंकले बढायो नाफा


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 8.1K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकले बढायो नाफा


    काठमाडौ, २१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत र सञ्चालन नाफा ४४.२६ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ ।

    यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ८.७१ प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ० रुपैयाँ ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसामा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ । ग्लोबलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend