२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जर्मनीलाई पराजित गर्दै पारग्वे अन्तिम १६ मा प्रवेश


सञ्चार डबली
  • मंगलबार, असार १६ २०८३
  • 2.0K
    SHARES

  • images
    जर्मनीलाई पराजित गर्दै पारग्वे अन्तिम १६ मा प्रवेश

    काठमाडौं । चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुट आउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाारग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।

    पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक् समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।

    पाराग्वेल अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टीसुटआउटमा गोल गरे ।

    जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे । काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलल बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend