२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


सञ्चार डबली
  • सोमबार, असार ८ २०८३
  • 2.3K
    SHARES

  • images
    सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । 

    अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । 

    मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । 

    स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा तोकेको छ । 

    बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७९ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend