२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

९.७५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको खुद नाफा


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 9.0K
    SHARES

  • images
    ९.७५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको खुद नाफा

    काठमाडौ, १७ साउन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

    यता, माछापुच्छ्रे बैंकको लाभांश वितरण गर्ने क्षमता १५.२९ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

    असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ । खराब कर्जा १.०८ प्रतिशत ले बढेर २.१२ प्रतिशत पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend