२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

याङ्गो राइडले नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै एक वर्ष पूरा ग¥यो


सञ्चार डबली
  • मंगलबार, जेठ २६ २०८३
  • 2.4K
    SHARES

  • images
    याङ्गो राइडले नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै एक वर्ष पूरा ग¥यो


    काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ।

    मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि याङ्गो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू याङ्गो राइड प्रयोग गरिरहेका छन् ।

    याङ्गोको मोटो सेवाले पनि उल्लेखनीय वृद्धि हासिल गरेको छ। पछिल्लो ६ महिनामा मोटो यात्राको संख्या २४७ प्रतिशतले बढेको छ भने प्लेटफर्मले औसत ३० प्रतिशत मासिक वृद्धि कायम राखेको छ ।

    कम्पनीले आफ्ना चालक साझेदारहरूलाई सहयोग गर्न काठमाडौंमा  तथा चितवनमा कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यी कार्यक्रमहरूमा उत्कृष्ट चालकहरूलाई सम्मान गर्नुका साथै विभिन्न तालिम र प्रोत्साहनका अवसरहरू प्रदान गरिएको थियो।

    यस अवसरमा याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भन्नुभयोः "यो उपलब्धि हाम्रा प्रयोगकर्ता, चालक साझेदार र स्थानीय साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो। हामी सबैप्रति आभारी छौं र आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा थप अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौं।"

    नेपालमा राम्रो प्रतिक्रिया पाएपछि याङ्गो नेपालले कार्गो तथा डेलिभरी सेवा पनि सुरु गरेको छ, जसले काठमाडौंमा डेलिभरीलाई थप सहज बनाएको छ ।

    दोस्रो वर्षमा प्रवेश गर्दै याङ्गो राइडले सेवा गुणस्तर सुधार, साझेदारहरूका लागि थप अवसर सिर्जना तथा नेपालको डिजिटल मोबिलिटी क्षेत्रको विकासमा योगदान जारी राख्ने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend