२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आर्थिक सुधारको प्रशंसा गर्दै आइएमएफले नेपाललाई ४२.९ मिलियन सहायता दिने, कुल रकम ३८४ मिलियन डलर नाघ्यो


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 5.1K
    SHARES

  • images
    आर्थिक सुधारको प्रशंसा गर्दै आइएमएफले नेपाललाई ४२.९ मिलियन सहायता दिने, कुल रकम ३८४ मिलियन डलर नाघ्यो

    काठमाडौं- अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२.९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक सुधार र संरचनात्मक परिवर्तनका क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिलाई आधार मानेर उक्त सहायता स्वीकृत गरिएको आइएमएफले जनाएको छ।

    आइएमएफको कार्यकारी बोर्डले जुन ५ मा गरेको समीक्षा बैठकपछि सार्वजनिक गरेको विवरणमा नेपालले मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानी सुधार, ऋण पोर्टफोलियो समीक्षा, सार्वजनिक वित्त व्यवस्थापन तथा सुशासन सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ। साथै सम्पत्ति शुद्धीकरण नियन्त्रण, कानुनी सुधार र सार्वजनिक संस्थानहरूको जवाफदेहिता अभिवृद्धिमा पनि प्रगति भएको जनाइएको छ।

    यद्यपि आर्थिक गतिविधिमा सुस्तता कायम रहेकाले चालु आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित रहने आइएमएफको प्रक्षेपण छ। राजनीतिक गतिविधिबाट सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीको सुस्त विस्तार तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले आर्थिक वृद्धिमा दबाब परेको आइएमएफको निष्कर्ष छ।

    यस सहायता स्वीकृतिसँगै ईसीएफ कार्यक्रमअन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता रकम करिब ३८४.१ मिलियन अमेरिकी डलर पुगेको छ। सन् २०२२ जनवरीमा स्वीकृत ३८ महिनाको ईसीएफ कार्यक्रम सन् २०२६ जुलाई ११ सम्म लागू रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend