२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

‘लालीबजार’लाई दर्शकको साथ, पाँच करोड बढी कलेक्सन गरेको दाबी


सञ्चार डबली
  • शनिबार, जेठ ९ २०८३
  • 3.3K
    SHARES

  • images
    ‘लालीबजार’लाई दर्शकको साथ, पाँच करोड बढी कलेक्सन गरेको दाबी

    काठमाडौँ / तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ । आज शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्दो छ । केही शोहरू हाउसफुल भइसकेका छन् ।

    षट्कोण आट्र्सले निर्माण गरेको उक्त फिल्मलाई हेर्न परिवार नै हलमा आइरहेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए । काठमाडौँ उपत्यकासँगै नेपालभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिएका अभिनेता बानियाँले फिल्मले मनोरन्जनसँगै दिएको सन्देशलाई दर्शकले रुचाएको बताए ।

    उनले भने, ‘म नेपालभरका मुख्य सहरमा पुगेर दर्शक भेटेर फर्किएँ, हामीलाई जुन विश्वास गरेर दर्शक आउनुभएको छ, फर्किंदा समय र पैसाको सदुपयोग भयो भन्ने लागेको छ । फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझ्नुभयो । तेस्रो सातामा दर्शकले दिनुभएको मायालाई व्यक्त गर्ने शब्द छैन, आज शनिवार काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्दैछौँ ।’

    अभिनेता बानियाँका अनुसार अभिनेत्री स्वस्तिमा खड्कासहितको टिम आज दर्शकलाई सरप्राइज दिन काठमाडौँ उपत्यका भित्रका विभिन्न हलमा पुग्नेछन् । 

    यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले दुई सातामा ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाइसको छ । यो विकेन्ड सकिँदासम्म फिल्मले ६ करोडको आंकडा पार गर्ने विश्वास निर्माण पक्षको छ ।

    ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । 

    दर्शकले दिइरहनुभएको ‘वर्ड अफ माउथ’ले आगामी विकेन्ड फिल्मका लागि सुखद हुने अपेक्षा बढेको छ ।

    फिल्मको ट्रेलर युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा छ । यसले फिल्मप्रति दर्शकको चासो बढिरहेको र आगामी दिनमा अझैँ राम्रो व्यापार गर्ने सङ्केत गरेको छ । ट्रेलर सार्वजानिक भएको एक महिना लामो समय भएता पनि यसको ट्रेलर २२ लाख भ्यूजसहित नम्बर १ मा छ ।

    फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

    विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

    फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend