२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काभा च्याम्पियनसिपमा नेपालको पहिलो जित दर्ता


सञ्चार डबली
  • शनिबार, जेठ ९ २०८३
  • 2.7K
    SHARES

  • images
    काभा च्याम्पियनसिपमा नेपालको पहिलो जित दर्ता

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ।

    च्याम्पियनसिपमा पहिलो जित हात पारेसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जिवित राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटम हराएको हो। नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले पाखा लगाएको हो। 

    समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। 

    शनिबार नै भएको खेलमा भारतले मालदिभ्सलाई २५–९, २५–१४ र २५–१७ को सोझो सेटमा हराएको हो। लगातार दोस्रो जितसगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। 

    आज भएको पहिलो खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकालेको छ। कजाकस्तानले श्रीलंकालाई २५–९, २५–१८ र २५–१५  ले पाखा लगाएको छ। च्याम्पियनसिपमा आइतबार तीन खेल हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend