२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अख्तियारले धेरै जसो मुद्दा तामेली पञ्छाउने गरेको छ –सांसद् सिंह


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 9.0K
    SHARES

  • images
    अख्तियारले धेरै जसो मुद्दा तामेली पञ्छाउने गरेको छ –सांसद् सिंह

    काठमाडौं वैशाख ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरैजसो मुद्दा तामेलीमा पञ्छाउने गरेको बताएका छन् । आज संसद बैठकको विशेष समयमा बोल्दै सांसद् सिंहले अख्तियारले ठूला नेताले जे गरेपनि माफी दिने र सानालाई मात्रै मुद्दा चलाउने गरेको आरोप लगाएका छन् ।

    सिंहले भने,‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि महाभियोग लाग्छ कि भनेर खुट्टा कमाउनु भएन ।’ सांसद सिंहले ठूला मुद्दा हेर्न अख्तियार डराएको बताए ।

    सिंहले अख्तियारका पदाधिकारीहरू आफ्नो जागिर जाने, महाभियोग लाग्ने र पद नै धरापमा पर्ने डरले ठूला नेताहरूलाई मुद्दा चलाउन आनाकानी गर्दै आएको बताए।उनले भने, यदि मैले भ्रष्टाचार गरेको छु भने मलाई पनि कारबाही गरियोस्। बालुवाटार काण्ड, राष्ट्रिय परिचयपत्रमा अनियमितता गरेका घटना लगायत विषयमाथि छानबिन गर्न अख्तियार किन डराएको ?

  • सम्बन्धित विषय:

  • # सांसद् सिंह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend