२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कर्मचारी खर्चको चापः कुन बैंकले कति खर्च गर्‍यो?


सञ्चार डबली
  • सोमबार, जेठ ४ २०८३
  • 2.4K
    SHARES

  • images
    कर्मचारी खर्चको चापः कुन बैंकले कति खर्च गर्‍यो?

    काठमाडौं – नेपालका वाणिज्य बैंकहरूमा कर्मचारी तलब, भत्ता तथा सेवा सुविधामा खर्च अर्बौँ रुपैयाँ पुगेको छ। शाखा विस्तार, ग्राहक सेवा व्यवस्थापन, कर्जा अनुगमन र सञ्चालन खर्च बढ्दै जाँदा कर्मचारी व्यवस्थापन खर्च उच्च दरमा बढेको तथ्यांकले देखाएको छ।

    नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२÷८३ को चैतसम्मको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि रहेको छ, जसले ३ अर्ब ७१ करोडभन्दा बढी खर्च गरेको छ। त्यसपछि नबिल बैंक ३ अर्ब २० करोड, ग्लोबल आइएमई बैंक ३ अर्ब ९ करोड, र नेपाल बैंक ३ अर्ब ४ करोड खर्चमा रहेका छन्।

    त्यस्तै लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि अर्बौँ रुपैयाँ कर्मचारी व्यवस्थापनमा खर्च गरेका छन्।

    मध्यम समूहका बैंकहरूमध्ये एनआईसी एशिया, सिद्धार्थ बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकको खर्च पनि अर्बौँमा पुगेको छ।

    सबैभन्दा कम खर्च गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ, जसले ७७ करोड रुपैयाँभन्दा कम खर्च गरेको छ। त्यसपछि नेपाल एसबीआई बैंक र सानिमा बैंक रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend