२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सोमबार बस्ने गरि एमाले सचिवालय बैठक स्थगित


सञ्चार डबली
  • शनिबार, जेठ २ २०८३
  • 3.6K
    SHARES

  • images
    सोमबार बस्ने गरि एमाले सचिवालय बैठक स्थगित

    काठमाडौँ । पित्तथैलीको शल्यक्रियापछि एक महिना यता घरमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक सोमबार दिउँसोको लागि सरेको छ ।

    प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार गुन्डुमै बस्नेगरी सचिवालय बैठक बोलाइएको छ । तर पदाधिकारीलाई छलफलको एजेण्डा पठाइएको छैन । ‘बैठक बस्ने भनेर कार्यालय सचिवबाट जानकारी आएको छ । तर छलफलको एजेण्डा आएको छैन,’ एक पदाधिकारीले भने ।

    सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

    बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।

    यसबाहेक गुन्डुमै गएर नेकपाका नेताहरूले भेटवार्ता गर्नु, प्रचण्डले आफ्नो पार्टीबाट पार्टी एकताको निर्णय गराउनु र लगातार वाम एकताको सार्वजनिक मन्तव्य दिनुले ओलीप्रति एमाले नेताहरू सशंकित छन् ।

    ‘विगतमा पनि पदकै लागि प्रचण्डसँग मिल्ने निर्णय गर्नुभएको थियो भन्ने पुष्टि भइसकेको छ । फेरि दुवैको स्वार्थ पुरा हुनेगरी एकताको पहल भइरहेको देखिन्छ,’ एमालेका एक शीर्ष नेता भन्छन्, ‘यो एकताले दुवै जनालाई नेतृत्व पुनर्गठनको दबाबबाट जोगाउँछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend