२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण


सञ्चार डबली
  • शुक्रबार, जेठ १ २०८३
  • 5.0K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा तारा मानन्धरले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त पदमा नियुक्त गरिएको हो।

    बैंकका अनुसार मानन्धरले २०८३ जेठ ०१ गतेदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अनुभवी मानन्धरले यसअघि विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका छन् । 

    पछिल्लो समय उनी डिस मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए । 

    नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बैंकले उनको नेतृत्वमा ग्राहक सेवा, कर्मचारीको मनोबल वृद्धि तथा सरोकारवालाको विश्वास अझ सुदृढ हुने अपेक्षा गरेको छ। साथै, आगामी दिनमा अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend