२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउँदै सुदन किराती 


सञ्चार डबली
  • शुक्रबार, वैशाख २५ २०८३
  • 2.7K
    SHARES

  • images
    श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउँदै सुदन किराती 

    काठमाडौँ । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको थियो । आज उनीहरुले काठमाडौंको बागबजारमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दैछन् । एकता घोषणा कार्यक्रम अपराह्न तीन बजे बागबजारको हार्दिक होटलमा राखिएको छ ।

    भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटनमन्त्री समेत बनेका थिए । तर, जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०मा लागेका थिए ।

    माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend