२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारले कुनै पनि सुकुम्बासीलाई घरबारविहीन बनाउँदैन : रवि लामिछाने


सञ्चार डबली
  • बुधबार, वैशाख १६ २०८३
  • 3.3K
    SHARES

  • images
    सरकारले कुनै पनि सुकुम्बासीलाई घरबारविहीन बनाउँदैन : रवि लामिछाने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कुनै पनि सुकुम्बासीलाई घरबारविहीन नबनाउने बताएका छन्। बुधबार सिंहदरबारस्थित दल कार्यालयमा बसेको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानले अनावश्यक राजनीतिकरण नगर्न पनि आग्रह गरे।

    ‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटकपटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत संकलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ,’ उनले भने।कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन उनले अनुरोध गरेका छन्।

    ‘ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरि रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबारविहीन बनाउने छैन,’ उनले भनेका छन्। 
    सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिने उनको भनाइ छ। 

    ‘सरकारले कोही सुकुम्बासीहरूलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ। तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर भोट बैंकको राजनीति गर्नु गलत हो,’ उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend