२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आफन्तलाई नियुक्ति नदिलाउन सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन


सञ्चार डबली
  • शुक्रबार, चैत २७ २०८२
  • 3.4K
    SHARES

  • images
    आफन्तलाई नियुक्ति नदिलाउन सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन

     काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

    ‘आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने । आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको भन्दै उनले त्यसलाई स्मरणमा राख्न सांसदहरूलाई भने ।

    ‘यो जेनजी भाइ बहिनीको बलिदानले यहाँ आइपुगेका छौं,’ सभापति लामिछानेले भनेका छन् । दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए । यद्यपि उनले बैठकमा केही पनि बोलेनन् ।

    संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उपसभामुखको निर्वाचन आज हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend