२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’


सञ्चार डबली
  • बिहीबार , चैत २६ २०८२
  • 3.0K
    SHARES

  • images
    नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

    काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै आकर्षक ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ।

    टेलिकमले चैत २६ गतेदेखि सुरु भई आगामी २०८३ असार २६ गतेसम्मका लागि यो अफर ल्याएको हो । नयाँ सिमकार्ड खरिद गरेर वा आफूले हाल प्रयोग गरिरहेकै पुरानो सिमकार्डमा समेत एक्टिभेट गरेर यो अफर लिनसक्ने टेलिकमले जनाएको छ ।

    के छ अफरमा ?

    टेलिकमले घोषणा देशभरका कार्यालयबाट विद्यार्थीले मात्र २० रुपैयाँमा नयाँ सिमकार्ड खरिद गर्न सक्नेछन्। उक्त नयाँ सिममा मेन ब्यालेन्सका रूपमा ९ रुपैयाँ ८० पैसा व्यालेन्स उपलब्ध हुनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिनेछ।

    सिमकार्ड सक्रिय गरिसकेपछि विद्यार्थीले लगातार ३० दिनसम्म हरेक दिन २० मिनेट अननेट भ्वाइस, १० वटा अननेट एसएमएस र ५०० एमबी डाटा निःशुल्क प्राप्त गर्नेछन्।

    विद्यार्थीले ५० रुपैयाँ वा सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रत्येक पटक थप बोनससमेत पाउनेछन् । बोनसअन्तर्गत ५०० एमबी डाटा, ५० मिनेट अन-नेट भ्वाइस कल र ५० वटा अन-नेट एसएमएस प्राप्त हुनेछ। यो बोनस सुविधा भने प्राप्त भएको ३ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।

    नयाँ सिम लिनका लागि: विद्यार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, १ प्रति पासपोर्ट साइजको फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अन्य परिचयपत्रको फोटोकपीसहित फाराम भर्नुपर्नेछ। सिम सक्रिय गर्न *1414# डायल गर्नुपर्नेछ र अफर प्राप्त गर्न *1600# डायल गर्नुपर्नेछ। पुरानै सिममा अफर लिनका लागि: पहिले नै टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले *1600# डायल गर्नुपर्नेछ। 

    त्यसपछि प्राप्त निर्देशनअनुसार अंग्रेजी अक्षरबाहेकको आफ्नो एसईई सिम्बोल नम्बर र विक्रम संवतमा रहेको आफ्नो जन्ममिति टाइप गरी पठाउनुपर्नेछ। तथ्यांक प्रमाणीकरण भएपश्चात पुरानै सिममा यो अफर उपलब्ध हुनेछ।

    गत वर्षहरूमा पनि यस्तै अफर दिँदै आएको कम्पनीले विद्यार्थीहरूको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यस वर्ष पनि निरन्तरता दिएको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस अफरबाट देशभरका हजारौँ विद्यार्थी लाभान्वित हुने अपेक्षा टेलिकमले राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend