२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रधानन्यायाधीश नियुक्तिमा सहमति नहुदाँ संबैधानिक परिषदको बैठक निष्कर्ष बिहिन


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 10.7K
    SHARES

  • images
    प्रधानन्यायाधीश नियुक्तिमा सहमति नहुदाँ संबैधानिक परिषदको बैठक निष्कर्ष बिहिन


    काठमाडौं,  बैशाख ६ गते ।  प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ । सो बैठकका बारेमा जानकारी दिदैँ  राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । उनका अनुसार अर्को बैठक कहिले बस्छ, त्यो पनि टुंगो नभएको उनले जानकारी दिए । 

     तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोगको क्रममा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

     कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै नियुक्ती गर्ने कि अरुलाई भन्ने बारेमा छलफल भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । यद्धपी, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए पछि पहिलो पटक संबैधानिक परिषदको बैठक बसेको हो ।  

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुन मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
     

  • सम्बन्धित विषय:

  • # संबैधानिक परिषदको बैठक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend