२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम: देशभर मेघगर्जन, हावाहुरी, असिना सहित वर्षाको सम्भावना


सञ्चार डबली
  • मंगलबार, चैत १७ २०८२
  • 4.7K
    SHARES

  • images
    आजको मौसम: देशभर मेघगर्जन,  हावाहुरी, असिना सहित वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार मुलुकका केही भागमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

    मौसमविद् विनोद पोखरेलले अहिले मनसुनयामको जस्तो मौसम देखिएको बताएका छन्। अहिले मनसुन आएको त छैन। तर मौसम हेर्दा तेस्तै देखिन्छ। पश्चिमी वायुको थोरै प्रभाव र बंगालको खाडीबाट तलको सतहमा आएको वाष्पले बादल हट्न दिएको छैन,’ उनले भनेका छन्।

    त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका पोखरेलले आज मेघगर्जन सहित वर्षाको सम्भावना रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend