२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम: देशका केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना


सञ्चार डबली
  • सोमबार, चैत २ २०८२
  • 4.5K
    SHARES

  • images
    आजको मौसम: देशका केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ । 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङ, अशिनासहित मध्यम वर्षाको सम्भावना छ । तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend