२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हल्का वर्षाको सम्भावना


सञ्चार डबली
  • शनिबार, फागुन २ २०८२
  • 3.0K
    SHARES

  • images
    आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर आंशिक बादल लागेको छ।

    आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी पहाडी तथा हिमाली  भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी  र कर्णाली  प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  आंशिक  बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend