२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी (सूचना सहित)


सञ्चार डबली
  • शुक्रबार, फागुन १ २०८२
  • 3.7K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकले माग्यो सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी (सूचना सहित)

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै  रिक्त रहेका ६२ जना सहायक पदको लागि दरखास्त आह्वान गरेको हो।

    देशका सातवटै प्रदेशमा रहेका बैंकका शाखाको लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा कर्मचारीको पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। यसका लागि कम्तीमा प्लस टू गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ।

    तोकिएको अन्य योग्यता भएको इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। लिखित परीक्षा लोक सेवा आयोगसँग समन्वय गरी सम्बन्धित प्रदेशका तोकिएको स्थानमा सञ्चालन गरिने बैंकले जानकारी दिएको छ।

    हेर्नुहोस् सूचना 1770950141-UlI4g.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend