२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रिचेत हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने


सञ्चार डबली
  • मंगलबार, माघ २७ २०८२
  • 4.0K
    SHARES

  • images
    रिचेत हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

    काठमाडौं ।  २ मेगावाट क्षमताको अपर रिचेत हाइड्रोपावर प्रा. लि. ले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ।

    कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई तोकेको छ।सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरेका छन्।

    कम्पनीको ४० करोड चुक्ता पुँजीको २० प्रतिशत, अर्थात ८ लाख सेयर, आगामी श्रावण–भाद्र महिनामा आईपीओ मार्फत सर्वसाधारणमा उपलब्ध गराउने योजना रहेको छ।अपर रिचेत हाइड्रोपावरले भाद्र २०८१ देखि बिजुली उत्पादन सुरु गरेको छ। परियोजना गोरखा जिल्लाको वसिस्थान गाबिसमा अवस्थित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend