२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बढ्यो सुनचाँदीको भाउः कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • आइतबार, माघ २५ २०८२
  • 3.6K
    SHARES

  • images
    बढ्यो सुनचाँदीको भाउः कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ ।गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम छ ।शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

    आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend