२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

श्री डिस्टिलरीले जारी गर्यो हकप्रद शेयर


सञ्चार डबली
  • शुक्रबार, माघ २३ २०८२
  • 3.5K
    SHARES

  • images
    श्री डिस्टिलरीले जारी गर्यो हकप्रद शेयर


    काठमाडौं । आफ्ना शेयरधनीकालागि श्री डिस्टिलरीले २० प्रतिशत हकप्रद शेयर जारी गरेको छ।कम्पनीको माघ २० गते सम्पन्न वार्षिक साधारणसभाले तत्काल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

    सोही सभाको निर्णयबमोजिम कम्पनीले हाल कायम शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको हो। यो हकप्रद शेयरमा ३५ दिनभित्र कम्पनीको नाममा रकम जम्मा गरी निवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र हकप्रद शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई हस्तान्तरण नगरेमा सञ्चालक समितिको निर्णयले नियमबमोजिम शेयर जफत गरी बिक्री गरिने र पछि यस सम्बन्धमा कुनै उजुरी दाबी गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend