२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणापत्र ल्याउँछौँः ओली


सञ्चार डबली
  • बिहीबार , माघ १५ २०८२
  • 3.6K
    SHARES

  • images
    पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणापत्र ल्याउँछौँः ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन्। 

    ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताए। पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको उनको भनाइ थियो। 

    अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उहाँले पार्टी सुदृढ संगठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै एमालेले गत भदौको विध्वङ्शले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनःनिर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए। 

    राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताए।  

    कार्यक्रममा विज्ञहरुले पार्टीले बनाउने घोषणापत्र जनतालाई  प्रत्यक्ष फाइदा पुग्ने किसिमले बनाउनुपर्ने बताएका थिए। एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend