२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा ३१ करोड, ईपीएस २१ रुपैयाँ १० पैसा


सञ्चार डबली
  • बिहीबार , माघ १५ २०८२
  • 3.6K
    SHARES

  • images
    गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा ३१ करोड, ईपीएस २१ रुपैयाँ १० पैसा

    काठमाडौं। गरिमा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा सामान्य बढेको छ।

    बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड ९२ लाख  खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेको कारण बैंकको खुद नाफामा सुधार भएको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १६.५६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.८० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.५० प्रतिशत बढेको छ। बैंकको पुससम्म वितरणयोग्य मुनाफा ३० करोड ८४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा छ। 

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपयाँ ७६ पैसा बढेर २१ रुपैयाँ १० पैसा पुगेको छ। पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ गुणा रहेको छ।

    ६ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। बैंकले पुससम्म ९१ अर्ब २७ करोड निक्षेप संकलन गरी ७२ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend