२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

‘देश जोड्न मधेस जाँदैछु’: गगन थापा


सञ्चार डबली
  • सोमबार, माघ १२ २०८२
  • 4.7K
    SHARES

  • images
    ‘देश जोड्न मधेस जाँदैछु’: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही जानुअघि सोमबार एक भिडियो सन्देश जारी गर्दै थापाले काठमाडौंका कथा मधेस लैजाने र मधेसका पीडा काठमाडौँ ल्याउनका लागि आफूले निर्वाचन क्षेत्र परिवर्तन गरेको बताएका हुन् । उनले भने, म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु।

    भिडियो सन्देशमा थापा पहाडबाट बसाइँ सरेर काठमाडौं आएको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेससँगको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्न आफू त्यता जान लागेको उनले बताएका छन् ।

    मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दालाई नजिकबाट बुझेर समाधानको पहल गर्दा सिङ्गो नेपालका मुद्दा हल गर्न सकिने र देशको नेतृत्व गर्न मधेसको माटोमा लडिबुडी गर्न आवश्यक रहेको निष्कर्षसहित यो निर्णय लिएको उनले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend