२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.0K
    SHARES

  • images
    नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति

     

    काठमाडौं, वैशाख ५ गते ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशतमा लाभांश वितरण गर्नुपर्ने भएको छ । 

    नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, राष्ट्र बैंकले वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो । यद्यपि, राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरेअनुसार नेपाल राष्ट्र बैंकको उक्त निर्णय मिति २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र केन्द्रिय बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको जनाएको छ र संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको छ । 

    तसर्थ, राष्ट्र बैंकको उक्त निर्णय एवं जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडि बढाउन नसकिने नेष्डोले जानाएको छ । संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृति, प्रचलित ऐन, कानुन, निर्देशन र केन्द्रीय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानुनी व्याख्या गरी निर्णयमा पुग्नुपर्ने निर्णय सोमबार बसेको सञ्चालक समितिको निर्णयले जानाएको छ । 

  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंकको अनुमति
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend