२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 3.3K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा २०८२ पुस २९ गते मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ।

    बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालले बैंकले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गर्दै आएको बताउनुभयो। उहाँले समयअनुकूल सेवा सुविधा परिमार्जन गर्दै प्रविधिमा आधारित बैंकिङ सेवा मार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक केन्द्रित रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखी आन्तरिक नीति, नियम तथा कार्यविधिमा आवश्यक सुधार गरिएको पनि उहाँको भनाइ थियो।

    साधारणसभामा नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनीहरूको सहभागिता रहेको थियो। अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमाथि शेयरधनीहरूले आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए, जसको जवाफ अध्यक्ष ढकालले दिनुभएको थियो।

    सभामा सञ्चालक समितिका सदस्यहरू थान प्रसाद पंज्ञानी, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना र हरि कुमार सिलवालको उपस्थिति रहेको थियो। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी तथा उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापाको पनि सहभागिता थियो। साधारणसभाको सञ्चालन कम्पनी सचिव प्रमोद अधिकारीले गर्नुभएको थियो।

    बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा समेत ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend