२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लुम्बिनी विकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 3.2K
    SHARES

  • images
    लुम्बिनी विकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    सभाले आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष  चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक साधारण सभामा आ.ब. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

    यस बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend