२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्नः आठ प्रतिशत बोनस शेयर पारित


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 4.0K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्नः आठ प्रतिशत बोनस शेयर पारित

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आज सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।

    आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

    आजको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनीहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बंैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend