२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काँग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौंः प्रदीप पौडेल


सञ्चार डबली
  • आइतबार, पुस २७ २०८२
  • 5.2K
    SHARES

  • images
    काँग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौंः प्रदीप पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् । उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् । 

    आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली काँग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताएका छन्। उनले काँग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताएका छन् । 

    पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि काँग्रेसको भविष्य समाप्त गर्ने कि काँग्रेसको भविष्यको  निम्तिनेपाली काँग्रेसको नेतृत्व फेर्ने रु यो हाम्रो हातमा छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले काँग्रेसका निम्ति जिवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली काँग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई काँग्रेस फुटाउनु छैन । उहाँहरुलाई काँग्रेस बलियो बनाउनुछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend