२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

विष्णु माझीको नयाँ गीत 'दुधै फाटेसी' सार्वजनिक (भिडियोसहित)


सञ्चार डबली
  • शनिबार, पुस २६ २०८२
  • 4.7K
    SHARES

  • images
    विष्णु माझीको नयाँ गीत 'दुधै फाटेसी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । नेपाली लोक गीत सङ्गीतकी सफल गायिका विष्णु माझीको नयाँ गीत 'दुधै फाटेसी' सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द, सङ्गीतमा तयार भएको गीतमा विष्णुलाई राजनले नै स्वरमा साथ दिएका छन्। गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ।

    यो गीत केहि वर्ष अगाडि सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो।  गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका हुन् ।

    गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ।  भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मा फिचर छन् । पवन सुस्लिङ्गको छायाङ्कन र सम्पादन भिडियोमा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend