२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?


सञ्चार डबली
  • मंगलबार, पुस २२ २०८२
  • 6.0K
    SHARES

  • images
    अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

    काठमाडौं — नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ। संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गर्दै आजदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

    नयाँ दरअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ भने मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ कायम गरिएको छ। उपभोक्ता मूल्य पनि प्रतिगोटा २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ तोकिएको संघले जनाएको छ।

    संघका अनुसार जाडो मौसममा विद्यालय बन्द हुनु, गतिविधि कम हुनु, पर्यटक आगमन घट्नु तथा कुखुरा बिक्री नगरी अण्डा उत्पादन बढ्नुजस्ता कारणले माग घटेकाले मूल्य घटाउनुपरेको हो। संघले बजारको अवस्था र माग–आपूर्तिको आधारमा अण्डाको समर्थन मूल्य समय–समयमा समायोजन गर्दै आएको उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend