२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

वैकल्पिक नयाँ शक्तिहरूलाई एकताबद्ध गराउँछाैँ : कुलमान घिसिङ


सञ्चार डबली
  • बिहीबार , पुस १० २०८२
  • 5.1K
    SHARES

  • images
    वैकल्पिक नयाँ शक्तिहरूलाई एकताबद्ध गराउँछाैँ : कुलमान घिसिङ

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गराउने कामको नेतृत्व आफूहरूले लिने बताएका छन् ।

    बिहीबार त्रिपुरेश्वरमा उज्यालो  नेपाल पार्टीको पार्टी कार्यालयको उद्घाटन समारोहमा बोल्दै घिसिङले यस्तो बताए । उनले आगामी दिनमा देशलाई समृद्ध बनाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको दाबी गरे । 

    उनले भने,‘ त्यसतर्फ सम्पूर्ण नयाँ शक्तिहरू,व्यक्तित्वहरू, जसले यो देशमा केही गरौँ भनेर लागि रहेका छौँ । व्यक्ति,समूह,पार्टीहरू अगाडि बढ्नु पर्छ । त्यो नै आजको आवश्यकता हो । त्यसले नयाँ नेतृत्व स्थापित गर्दै अघि बढ्नुपर्छ । त्यसको उज्यालो नेपालले नेतृत्व लिएर अघि बढ्छ ।’

    उनले आम मानिसहरूले नयाँ शक्तिहरू एक भएर अघि आउनुको विकल्प नभएको बताए । उनले अहिले देश परिवर्तनको विन्दुमा रहेको भन्दै निर्वाचन मार्फत देशमा नेतृत्व परिवर्तन गर्ने अवस्थामा आएको बताए । उनले देशलाई समृद्धिको बाटोमा डोर्‍याउने महान् अभियानमा जनताको चाहना अनुसार अघि बढ्नु पर्ने बताए । 

    उनले उज्यालो नेपालले एक महिनामा धेरै ठुलो संरचना र सङ्गठन बनाएको उल्लेख गरे । उनले पार्टी कार्यालयको उद्घाटन मात्रै भएको होइन देशको भविष्य कोर्ने काम सुरु भएको बताए ।

    आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुने बताए । उनले आगामी निर्वाचन चुनावका रुपमा मात्रै नभएर नयाँ शक्तिहरु उदयको प्रस्थान विन्दु बन्नु पर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend