काठमाडौं – महालक्ष्मी विकास बैंकलाई ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ (Excellence in Banking Innovation and Customer Delight) विधातर्फ प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको छ।
भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित India Business Awards 2025 कार्यक्रममा उक्त अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरियो। बैंकका तर्फबाट वरिष्ठ अधिकृतहरूले यो सम्मान ग्रहण गरेका थिए।
बैंकले ब्रान्ड प्रतिष्ठा सुदृढीकरण, ग्राहक विश्वास अभिवृद्धि, डिजिटल तथा सेवा नवप्रवर्तन, उत्कृष्ट नेतृत्व, कर्मचारी वृत्ति विकास, मिडिया उपस्थिति तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शनका कारण यो सम्मान प्राप्त गर्न सफल भएको हो।
महालक्ष्मी विकास बैंकले नेपाल–भारत सीमापार भुक्तानी तथा रेमिटेन्स सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। यो अवार्डले दुई देशबीचको वित्तीय सहकार्यलाई थप मजबुत बनाउन, सीमापार व्यापार तथा रेमिटेन्स प्रवाहलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ।
हालै मात्र बैंकले इन्डियन चेम्बर अफ कमर्सबाट समेत प्रतिष्ठित सम्मान प्राप्त गरेको थियो। यी निरन्तर अन्तर्राष्ट्रिय मान्यताले बैंकको क्षेत्रीय एवं विश्वव्यापी ख्याति र विश्वसनीयता थप उकास्ने अपेक्षा गरिएको छ।


