२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

‘एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा


सञ्चार डबली
  • सोमबार, मंसिर २२ २०८२
  • 3.6K
    SHARES

  • images
    ‘एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

    काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँ भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्नेछन्।

    यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १० दिनभित्र eNMB एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।

    न्युनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’ मार्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ।

    एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend