२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 5.2K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा

    सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।

    मंसिर १५ गते आयोजित बेग्ला बेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

    दुबै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो ।

    सूर्योदय नगरपालिकाका बाढी पहिरो प्रभावितका लागि बैंकका तर्फबाट ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा तथा इलाम नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि बैंकका तर्फबाट १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको हो । 

    सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा गरिए अनुसार न्यानो कपडा हस्तान्तरण गरिएको हो । 
    आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend