२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हुलास फिनसर्भद्वारा वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 3.8K
    SHARES

  • images
    हुलास फिनसर्भद्वारा वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ मंसिर १२ गते दिउँसो ३ बजे भिभान्त काठमाडौं होटलमा सम्पन्न सभाले विविध एजेन्डाहरू पारित गरेको कम्पनीले जनाएको छ।

    सभामा संचालक समितिका अध्यक्षले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत गरिएको छ।

    यस्तै, सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, संचालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने शेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ। साथै, सार्वजनिक निष्कासन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

    विगत वर्षहरूझैँ, हरेकको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आम सर्वसाधारणलाई सहज तथा शुलभ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend