२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैक र पारस अस्पतालबीच सम्झौता


सञ्चार डबली
  • शुक्रबार, मंसिर १२ २०८२
  • 2.7K
    SHARES

  • images
    कामना सेवा विकास बैक र पारस अस्पतालबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend