२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंक Visa Leadership Conclave Nepal 2025 मा दुई प्रतिष्ठित विधाबाट सम्मानित


सञ्चार डबली
  • बुधबार, मंसिर १० २०८२
  • 3.2K
    SHARES

  • images
    कुमारी बैंक Visa Leadership Conclave Nepal 2025 मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

    VISA International द्वारा आयोजित “Leadership Conclave Nepal 2025” सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” अवार्डहरुले  सम्मानित भएको छ ।

    कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको आयोजकले जनाएको छ ।

    आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

    विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रवाह गरिरहेको छ ।

    देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend