२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने


सञ्चार डबली
  • आइतबार, मंसिर ७ २०८२
  • 4.1K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre  मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले थेरापी सेन्टरसँग सम्झौता गरेको हो। 

    उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरूले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौँ र बुटवलमा रहेको यस सेन्टरका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    सो सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend