२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर हालसम्मकै सबैभन्दा महँगो


सञ्चार डबली
  • शनिबार, मंसिर ६ २०८२
  • 3.2K
    SHARES

  • images
    आज विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर हालसम्मकै सबैभन्दा महँगो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा आज महँगिएका राष्ट्र बैंकले जनाएको छ।

    अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

    हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा थियो। गएको कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो।

    त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा थियो।

    आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा थियो।

    त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा थियो।

    आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा थियो।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend