२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लम्पी स्किन रोग नियन्त्रणका लागि सक्दो प्रयास भइरहेको छ : कृषिमन्त्री भुसाल


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 11.6K
    SHARES

  • images
    लम्पी स्किन रोग नियन्त्रणका लागि सक्दो प्रयास भइरहेको छ : कृषिमन्त्री भुसाल

     

    काठमाडौ, २८ असार । पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको कृषि तथा पशुपन्छि विकास मन्त्री, वेदुराम भुसालले बताएका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै कृषिमन्त्री भुसालले लम्पी स्किन रोगको नियन्त्रणका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सबै प्रयास गरेको जिकिर गरेका छन् ।

    कृषिमन्त्री भुसालले भने ‘लम्पी स्किन रोगको लागि सरकारले मन्त्रालयबाट सम्भव भएसम्मका सम्पुर्ण प्रयास गरिएको छ । साढे दुई महिना अगाडिदेखि उपचार तथा नियन्त्रणको प्रयास भईरहेको छ । नियन्त्रणको लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने कार्य भएको छ । यो भ्याक्सिन हाम्रो देशमा बन्दैन् । ’

    त्यस्तै कृषिमन्त्री भुसालले लम्पी स्किन हाल देशका सबै जिल्लामा देखा परेको जानकारी दिदै आजसम्म ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएको जानकारी दिएका छन् । ‘अहिले गाई भैंसिलाई लाग्ने रोग लम्पी स्किन रोग व्यापकरुपमा फैलिएको छ । यो रोग नयाँ प्रकारको सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा यो रोग देखा परेको छ ।’ उनले भने ‘हालसम्म ७ लाख ८२ हजार १ ८४ पशु संक्रमति भएका छन् । संक्रमति मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमित अवस्थामा छन् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend