२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

३१ असारदेखि एकीकृत कारोबार सुरु गर्दै राष्ट्र उत्थान र आशा लघुवित्त


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.8K
    SHARES

  • images
    ३१ असारदेखि एकीकृत कारोबार सुरु गर्दै राष्ट्र उत्थान र आशा लघुवित्त

     

    काठमाडौ, २८ असार । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले आइतबार असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोडएले असार २६ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

    आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ । आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend